Wednesday, September 27, 2023

मनहरी रेडक्रसको पहिलो बैठक, क्षेत्रीय समन्वय केन्द्र बनाउन पहल

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–जेठ २ गते । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको पहिलो बैठक भएको छ ।

सभापति मोहन कार्कीको सभाध्यक्षतामा भएको बैठकले मनहरी उपशाखालाई राहत, उद्धार र पश्चिम क्षेत्रका उपशाखाहरुलाई समन्वय गर्ने निकायको रुपमा विकास गर्न पहल गर्ने निर्णय गरेको हो ।

यसअघि पनि मनहरी उपशाखाले पश्चिम क्षेत्रका उपशाखाहरुबीच समन्वयकारी भूमिका खेलेको स्मरण गर्दै सभापति कार्कीले पश्चिम क्षेत्रका बासिन्दा राहत तथा उद्धारको समस्या लिएर हेटौँडा शाखा जान नपरोस् भनेर मनहरीमै समन्वय केन्द्र स्थापना गर्नुपर्ने बताउनुभयो ।

बैठकले तत्कालै विपद समन्वय गोष्ठी स्थापना गर्ने, विद्यालय स्तरका जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कलहरु गठन र पुनर्गठन गर्ने, बार्षिक कार्ययोजना तयार गरी तालिका बमोजिम काम गर्ने लगायतका निर्णयहरु गरेका छन् ।

बार्षिक योजना निर्माणका लागि उपसभापति अन्जु कार्कीको संयोजकत्वमा सचिव पुष्कर सुवेदी, कोषाध्यक्ष शिवकुमार रिजाल काशी, कमला मैनाली र राजन मैनालीसहितको टोली निर्माण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कार्यालयलाई व्यवस्थित गर्ने निर्णय गर्दै कार्यालय सचिवले राजीनामा दिएकोबारे समेत जानकारी गराइएको थियो ।

केही दिनअघि मात्रै रेडक्रस मनहरी उपशाखाको अधिवेसन सम्पन्न भई कार्कीको नेतृत्वको ११ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles