Wednesday, May 31, 2023

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

ताजा / भरखरै प्राप्त

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरी–जेठ ८ गते । जेठ ७ गतेबाट हेटौँडामा सुरु भएको दोस्रो बागमती प्रदेश खेलकुद २०८० को प्रतीक चिन्हमा लोपोन्मुख वन्यजन्तु सालक अंकित गरिएकोमा सालक संरक्षण अभियानकर्मीहरु उत्साहित बनेका छन् ।

सालकको संरक्षणका लागि केही महिनायता पहल गर्दै आइरहनु भएका डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले वन्यजन्तु संरक्षणको बिषयलाई खेलक्षेत्रले पनि सम्बोधन गरेको भन्दै बागमती प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।

‘हामीले संरक्षणका लागि प्रचारात्मक काम गरेका थियौँ’, आचार्यले भन्नुभयो–‘सालक दिवसलाई साताब्यापी मनाउने र मकवानपुर जिल्लाको गौरवको जनाबरको रुपमा घोषणा गर्नेगरी हामीले थालेको कामलाई खेलक्षेत्रले पनि सम्बोधन गरेको छ, यसमा औधी खुसी लागेको छ ।’

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ । सालक संरक्षणका लागि बागमती प्रदेश सरकार, संघीय सरकारसहित गैरसरकारी निकायहरुमा पनि ध्यानाकर्षण हुँदै आएको छ ।

मकवानपुरमा बढी पाइने सालकको नाउँमा कतिपय ठाउँमा सालक पार्क स्थापना भएका छन् भने कतिपय स्थानमा सालकका मुर्ति समेत बनाएर राख्न थालिएको छ ।

सालक के हो त ? डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्य सालकबारे यसो भन्नुहुन्छ ।
–सालक राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित स्तनपायी जनावरमा सुचिकृत छ । यसलाई आइयुसीएन, साइटिस ले पनि सुचिकृत गरेको जनावर हो ।
–सालक मात्र एक यस्तो जनावर हो जुन बागमतीका १३ वटा जिल्लामा नै पाइन्छ । यो रसुवा देखि मकवानपुरसम्म र दोलखादेखि धादिङसम्म पाइने जनावर हो । त्यसैले मकवानपुरको मात्र होइन, बागमती प्रदेशकै गौरवको जनावरको रुपमा यो जीवलाई घोषणा गर्नुपर्छ भन्ने हाम्रो माग रहिआएको छ ।

–गैडा र बाघ चितवनमा मात्र, अर्को दुर्लभ रेड पाण्डा रसुवा र केहि हिमाली जिल्लाको हिमाली भेगमा मात्र पाइन्छ । तर सालक बागमती प्रदेशका सबै जिल्लामा पाइन्छ ।

–सालक प्रकृतिप्रेमी र वातावरणमैत्री जीव हो । यो किसानको साथी हो । मानव, अन्नबाली, अन्य घरपालुवा जनावर कसैलाई पनि यसले हानी गर्दैन । यसले केवल धमिरा कमिला मात्र आहारा बनाउँछ ।

–बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले यस पटक प्रदेशका सबै जिल्लामा सालक संरक्षणका लागि रकम बिनियोजन गरेको छ ।यसले पनि आगामी दिनमा सालक संरक्षणको अभियान अझ तीब्रताका साथ अघि बढ्ने बिश्वास लिएका छौँ ।

–प्रदेश गौरवको जनावर घोषणा गर्न सकिएमा कम्तिमा एउटा संरक्षित जनावरलाइ प्रदेश सरकारले अपनत्व लिँदा देशभरी नै संरक्षणको क्षेत्रमा असाध्य सकारात्मक संदेश जान्छ भन्ने हामीलाई लाग्छ । यसबारे प्रदेश सरकारको ध्यान जान जरुरी छ ।

–संसारमा ८ प्रकारका र नेपालमा २ प्रकारका सालक पाइन्छन् । चोरी र अवैध शिकारले सालकलाई ठूलो नोक्सानी गर्नेगरेको छ ।
यस पटकको दोश्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितमा संयोगले सालकलाई मस्कट बनाइएको छ । यो गज्जब संयोग हो ।

यो संयोगलाई सदुपयोग गरौ कि भन्ने लाग्छ । यो संयोगले सालक संरक्षण अभियानमा वन संरक्षणकर्मी, किसान, पत्रकार, जनप्रतिनिधिहरु, विद्यार्थीसँगै खेलाडीहरु जोडिन पुग्नु भएको छ । अब यो अभियानलाई अझ उचाईमा लैजानु जरुरी छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।