Wednesday, September 27, 2023

एकराज उप्रेती सम्झन्छन्–६५ वटा रेकर्ड फाइल र दुईवटा टिनको बाक्सामा थियो साना किसान सहकारी

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–जेठ २२ गते । मनहरी गाउँपालिका अध्यक्ष भएपछि संसदीय राजनीतिक अभ्यासमा एकराज उप्रेतीको छुट्टै पहिचान बनेको हो ।

त्यसअघि उहाँ सहकारीकर्मीको रुपमा मकवानपुरमा मात्र होइन, राष्ट्रिय रुपमै परिचित हुनुहन्थ्यो । राष्ट्रिय प्रशिक्षकको रुपमा उहाँले देशका धेरै जिल्लाहरु घुम्नु भएको छ भने विदेशका सहकारीहरु समेत अवलोकन भ्रमणमा पुग्ने व्यक्तिको रुपमा उहाँका नाम आउँछ ।

१६ बर्ष निरन्तर मनहरीस्थित साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष हुनु भएका उप्रेती २०्र७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सहकारी फाँटबाट बहिर्गमित हुनु भएको हो ।

संस्थापक अध्यक्ष रहनु भएका उप्रेतीले १६ बर्ष अध्यक्षको रुपमा काम गरेको साना किसान कृषि सहकारी संस्थाले यही जेठ २६ गते २५ बर्ष पार गर्दैछ । र, सहकारीले रजत महोत्सवको रुपमा साता ब्यापी कार्यक्रम आयोजना गरी निरन्तर गतिविधिहरु गरिरहेको छ ।

यसै क्रममा जेठ २१ गते साना किसान सहकारी संस्थाको मनहरी गाउँपालिका ८ सिमपानीस्थित चारतले भवनको तेस्रो तल्लामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए एकराज उप्रेती । सहकारीका व्यवस्थापक ज्योति सुवेदीले सुरुमै प्रमुख अतिथि उप्रेतीलाई समय दिएर बोल्न लगाउनुभयो । उप्रेतीले पुराना दिनहरु सम्झँदै भन्नुभयो–‘२०५५ साल जेठ २६ गते हामीले साना किसान कृषि सहकारी संस्था लिमिटेडको जिम्मा पायौँ, त्यतिबेला हामीले ऋण सकारेका थियौँ र ६५ वटा ऋणका फाइल हाल्नका लागि दुईवटा टिनका बाक्साहरु सम्पत्तिका रुपमा थिए ।’

सरकारी स्वामित्वमा सञ्चालित साना किसान विकास आयोजनाले ह्यान्डिल गरिरहेका साना किसानको समूह तथा दायित्वलाई सहकारीमा रुपान्तरण गरिएको थियो ।
त्यसरी अघि बढ्दै गएको सहकारी अभियानले अहिले ५१ करोडको कारोबार गरेको, ठूला चारतले आफ्नै ‘किसानघर’ स्थापना गरी सेवा प्रबाह गरेको कुरा सम्झँदा उप्रेतीले उत्साह ब्यक्त गर्नुभयो ।

भन्नुभयो–‘मान्छेले जीवनमा आफूले गरेका सबै कामहरुप्रति गर्व गर्दैन, म सहकारीको संस्थापक अध्यक्ष भएर यो अभियानमा हिँड्न पाएकोमा जीवनभर गर्व गर्छु ।’

सहकारीका व्यवस्थापक ज्योति सुवेदीका अनुसार साप्ताहिक कार्यक्रम अन्तर्गत पत्रकार सम्मेलन, विश्व वातावरण दिवसमा चुरियामाई मन्दिर परिसर रमौलीमा बृक्षरोपण कार्यक्रम, गरिबी न्युनिकरणकामा साना किसान कृषि सहकारी संस्थाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता, आधुनिक प्रविधि र प्रतिस्पर्धात्मक अबस्थामा संस्थापक सदस्यहरुको भूमिका र महत्वका बिषयमा अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम एबम् कृषक सम्मान कार्यक्रम र संस्थाको आधुनिक सभा हलको उद्घान गर्ने कार्यक्रम छ ।

सहकारी संस्थाका अध्यक्ष बिमला कार्कीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा ८ नं वडाका अध्यक्ष नारायण उप्रेती, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेशमान मानन्धर, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख कृष्ण राज ढकाल, सहकारीका संचालक सदस्यहरु, संस्थापक सदस्यहरु, लेखा समितिका संयोजक मातृका प्रसाद ढुंगाना लगायत पश्चिम मकवानपुर क्षेत्रमा कार्यक्षेत्र बनाएका पत्रकारहरुको सहभागिता रहेको थियो ।

सहकारीकी अध्यक्ष कार्कीले समापन मन्तब्य राख्दै सबैको सल्लाह र सुझावले मात्रै सहकारीलाई माथि उठाउन सकिने भएकाले सबैको सहयोग, चासो र चिन्ता आवश्यक रहेको बताउनुभयो ।

उहाँले चप्पल किन्न नसक्ने सदस्यदेखि कार किन्ने हैसियत भएका सदस्यहरुसम्मका लागि साना किसान सहकारी सारथि बनेर उभिएको बताउनुभयो ।

त्यसअघि सञ्चारकर्मी शिवकुमार काशीले सहकारीको दायरालाई फराकिले बनाउन नसक्दा अन्य सहकारीहरु खुलेको, समुदायमा मिटरब्याजी र ढुकुटीवालाहरु सल्बलाएको धारणा राख्नु भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।