Wednesday, September 27, 2023

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

गाउँपालिकाले बिना कारण प्रधानाध्यापकहरुको सरुवा गर्न खोजेको र मिडियाबाजी गरिएको उहाँहरुले बताउनुभएको छ ।

योग्य, सक्षम र क्षमतावान शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न मार्गप्रशस्त गर्नका लागि राजीनामा दिइएको उहाँहरुको तर्क छ ।

विभिन्न कार्यक्रमहरुमा अध्यक्ष रन्जन कालाखेतीले प्रधानाध्यापकहरुको कारण विद्यालय बिग्रिएको र अब गाउँपालिकाले जसरी भए पनि प्रधानाध्यापक सरुवा गर्ने अभिब्यक्ति दिइरहनु भएको र मनहरीबाट प्रकाशित हुने थाहादर्शन साप्ताहिक पत्रिकामा समेत त्यसबारे समाचार प्रकाशन भएको उल्लेख गर्दै प्रधानाध्यापकहरुले राजीनामा पत्रमा लेख्नु भएको छ–

‘हामी कार्यरत प्रअहरुको कस्तो दोष र कसुरमा दण्डित हुनुपर्ने हो ? सहमति बिपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुलाई काम गर्ने मनोबल समेत कमजोर भइरहेको परिस्थिति छ ।’

प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको उल्लेख छ ।

तर सामूहिक राजीनामा गाउँपालिका अध्यक्षलाई बुझाउन जाँदा गाउँपालिकाले नलिएको र अपमानपूर्वक फर्काइएको नेपाल शिक्षक महासंघ मनहरीका अध्यक्ष नवराज डोटेलले सार्बजनिक अभिब्यक्ति दिनु भएको छ ।

संघीय शिक्षा ऐन, नियमावली तथा गाउँपालिका शिक्षा ऐन तथा नियमावलीहरुमा समेत प्रधानाध्यापक सरुवा गर्ने कुनै प्रावधान नरहेको बताइएको छ ।

राजीनामा दिने प्रधानाध्यापकहरुको नामावली यस प्रकार छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles