Wednesday, September 27, 2023

कता हराए प्याङ्चेका कुमार ?

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–भदौ ६ गते । राक्सिराङ गाउँपालिका ५ प्याङ्चे निवासी कुमार प्रजा तीन दिनदेखि बेपत्ता हुनु भएको छ । उहाँ पास्टर समेत हुनुहुन्छ ।

घरबाट भदौ ३ गते बिहान ११ बजे निस्कनु भएका कुमार बुधवार रातिसम्म पनि फेला पर्नु भएको छैन ।

आफ्ना श्रीमान बेपत्ता भएपछि श्रीमती आइतीमायाले जिल्ला प्रहरी कार्यालयमा श्रीमान खोजी गरिदिनका लागि जाहेरी दर्ता गर्नु भएको छ ।

नेपाल चेपाङ संघ राक्सिराङ गाउँ कार्यकारिणी समितिका अध्यक्ष सोमलाल प्रजाले प्रकाशन गर्नु भएको विज्ञप्ती ।

आफ्ना श्रीमानको हुलिया विवरण संलग्न राखी ८६५ नं मा दर्ता भएको जाहेरीमा छिमेककै निर्मल भनिने सानुबाबु रुम्बालाई शंकाको घेरामा राखिएको उल्लेख गरिएको छ ।

के भएको थियो घटना ?

भदौ ३ गते इलाका प्रहरी कार्यालय मनहरीबाट २ सय मिटरको दुरीमा रहेको प्रभू बैँक अगाडिको चोकमा कुमार र छिमेकी सानुबाबुबीच झगडा भएको बुझिन्छ ।

दुबैजनाबीच आर्थिक लेनदेनको बिषयमा विवाद भएको नेपाल चेपाङ संघ राक्सिराङ गाउँ कार्यकारिणी समितिले जनाएको छ । समितिका अध्यक्ष सोमलाल प्रजाले जारी गर्नु भएको विज्ञप्तीमा झगडाका क्रममा सानुबाबुले कुमारलाई ३ थप्पड हिर्काएका थिए ।
घटना भएको भोलिपल्ट बिहान १० बजेतिर कुमारले श्रीमीतलाई टेलिफोन गरी ‘मलाई अपहरणकारीले अपहरण गरी लगेको छ’ भनेर फोन राखेको र त्यसयता फोन सम्पर्क नभएको चेपाङ संघको दाबी छ ।

संघले घटनामा मुछिएका सानुबाबुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरीको ध्यानाकर्षण गराएको छ ।

घटनापछि कुमारको ब्यापक खोजी गरिएपनि हालसम्म पत्ता नलागेको नेपाल चेपाङ संघ बागमती प्रदेश समितिका अध्यक्ष खुसीलाल प्रजाले बताउनुभयो ।

‘प्रहरीले कुमारलाई खोजेर ज्यानको सुरक्षाको प्रत्याभूति गर्नुपर्छ’, अध्यक्ष खुसीलालले भन्नुभयो–‘अन्यथा हामी सिंगो समुदाय नै आन्दोलित हुनुपर्ने स्थिति आएको छ ।’

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles