Wednesday, September 27, 2023

मनहरी बचत तथा ऋण सहकारी १५ औँ बर्षमा, ६ करोड पुग्यो कारोबार

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–भदौ २० गते । मनहरी ७ स्थित मनहरी बचत तथा ऋण सहकारी संस्थाले १५ औँ बार्षिक साधारण सभा गरेको छ ।

मंगलबार आयोजित साधारण सभा अधिकाँश बक्ताहरुले शुभकामना दिँदै संसारभर भइरहेको आर्थिक संकटका बेलामा समेत मनहरी बचत तथा ऋण सहकारी संस्थाले त्यसको प्रभाव नदेखिने गरी व्यवस्थापन गरेकामा प्रशंसा गर्नु भएको छ ।

बढ्दो आर्थिक संकट र सहकारी संस्थाभित्र हुनेगरेका आर्थिक अपचलनका घटनाहरुबाट बचेतर अघि बढ्न बक्ताहरुले सुझाव दिनु भएको छ ।

प्रमुख अतिथि मनहरी गाउँपालिका ७ नं वडाका कार्याबाहक वडाध्यक्ष नवराज सुवेदीले गरिव र बिपन्न समुदायको आर्थिक समृद्धिका लागि सहकारीले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका बीरेन्द्रप्रसाद ढुंगाना, राष्ट्रिय सहकारी बैँकका रामेश्वर अर्याल, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीकी अध्यक्ष बिमला कार्की, बगलामुखी बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक कमला मैनाली, रमन्टार डिपाड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश मुक्तान, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार काशी लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष बिष्णुप्रसाद भट्ट, सचिव बलराम बानियाँ, कोषाध्यक्ष नरहरि सुवेदी, लेखा समिति संयोजक शंकरप्रसाद कालाखेतीसहितले सहकारीको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सहकारीले १५ बर्षको अबधिमा आफ्नो कारोबार ६ करोड पु¥याएको छ ।

शेयरपुँजी ६५ लाख रुपियाँ पु¥याएको छ । आर्थिक मन्दीका कारण ऋण असुलीमा असर परेकाले यस बर्ष ९ लाख रुपियाँ मात्रै सहकारीले नाफा कमाएको जनाइएको छ ।

सहकारी अध्यक्ष बिष्णुप्रसाद भट्टको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिशरण अर्यालले स्वागत मन्तब्य राख्नु भएको थियो भने सचिव बलराम बानियाँले कार्यक्रम संचालन गर्नु भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles