Wednesday, September 27, 2023

वन जोगाउनु सबै उपभोक्ताको दायित्वः उपाध्यक्ष पुलामी

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–भदौ २९ गते । वन जंगल जोगाउन वन समूहका पदाधिकारीहरुको मात्रै जिम्मेवारी नभएर समग्र उपभोक्ताहरु नै जागरुक हुनुपर्नेमा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले जोड दिनु भएको छ ।

मनहरी गाउँपालिका ७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १८ औ बार्षिक साधारण सभामा बोल्दै उहाँले आफू पनि १२ बर्ष वन समूहको पदाधिकारी भएर काम गर्दा उपभोक्ताहरुको जागरण नआएको अनुभव समेत सुनाउनु भयो ।

‘जंगल जोगाउनु हामी सबैको कर्तब्य हो’, उहाँले भन्नुभयो–‘उपभोक्ताहरुले नै आफ्नो कर्तब्य पूरा गर्नुपर्छ ।’
साधारण सभामा बोल्दै डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले सामुदायिक वन उपभोक्ता समूहहरुले सालमा मात्र आँखा लगाउन नहुने बताउनुभयो ।

उहाँले मनकामना सामुदायिक वन उपभोक्ता समूहको २ हेक्टर क्षेत्रमा नीमको बिरुवा रोपिएको प्रसंग सुनाउँदै छतिवन, चिउरी, दार लगायतका लोप हुँदै गएका बिरुवाहरु रोप्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदी, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, राजनीतिक दलहरुका तर्फबाट उमेश मुक्तान, सञ्चारकर्मी शिवकुमार काशी, साङ्ग छोयफेल गुम्बाका अध्यक्ष गौतम लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सभामा कोषाध्यक्ष बुद्धिमाया तामाङ (मनिसा) ले आर्थिक बर्ष २०७९/८० मा भएको ३२ लाख १२ हजार ५ सय ८८ रुपियाँ बराबरको खर्च र आम्दानी बिवरण प्रस्तुत गर्नु भएको थियो ।

समूहका अध्यक्ष सुरेश कुमार मुक्तानको अध्यक्षतामा भएको सभाले नयाँ भवन निर्माण गर्ने, वन पैदावार बृद्धि र उत्पादन बृद्धि गर्ने, बुद्धशान्ति हरित पार्कलाई व्यवस्थित गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles