Wednesday, September 27, 2023

मनहरी ८ मा हाजिरी जबाफ प्रतियोगिता, ३ नं समूह बिजयी

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–भदौ २९ गते । ५९ औ बाल दिवसको अबसरमा मनहरी गाउँपालिका ८ मा वडास्तरीय हाजिरी प्रतियोगिता भएको छ ।

८ नं वडा कार्यालय, सिविन नेपाल र महेन्द्र किरण माविबीच सहकार्य भई हाजिरी जबाफ प्रतियोगिता आयोजना भएको हो ।
वडास्तरीय बाल सन्जालका अध्यक्ष अबिन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर समूहका कुजिकिएल प्रजा, मनिष लोप्चन र आदर्श अधिकारी प्रथम हुनु भएको थियो ।

त्यसैगरी समूह नम्बर ५ को स्थापना अर्याल, रोमन लोप्चन र जिसन न्यौपानेको समूह द्वित्तीय भएको थियो । समूह नम्बर १ की प्रमिला थिङ, समीर मोक्तान र सुलक्षणा अर्यालको समूहले तृत्तीय स्थान हासिल गर्न सफल हुनु भयो ।

वडाभित्रका सबै विद्यालयबाट आएका सहभागीहरुलाई विभिन्न समूहहरुमा बिभाजन गरी हाजिरी जबाफ प्रतियोगितामा सहभागी गराइएको थियो ।

त्यसो हुँदा विद्यालयले जीत हासिल गर्नेभन्दा स्वयम् विद्यार्थीहरुले नै जीतको महसुस हुने सिविन नेपालका सामाजिक परिचालक राजेन्द्रकुमार मुक्तानले बताउनुभयो ।

बिजयी टिमलाई ८ नं वडाध्यक्ष नारायण उप्रेतीको प्रमुख आतिथ्यता तथा वडासदस्यहरु रामप्रसाद सुवेदी, लक्ष्मी बिक, कृष्ण कुमारी रिमाल, पूर्व बाल सञ्जाल अध्यक्ष रेजिना ढकाल, महेन्द्रकिरण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नरहरि सुवेदी लगायतको उपस्थितिमा पुरस्कार बितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सिविनका सामाजिक परिचालक राजेन्द्रकुमार मुक्तानले गर्नु भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles