Wednesday, September 27, 2023

राक्सिराङलाई सीता अशोकको ‘सिड सेन्टर’ बनाउने अभियान

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

राक्सिराङ–भदौ ३० गते । राक्सिराङ गाउँपालिका ३ लाई सीता अशोकको बीऊ केन्द्र बनाउने गरी धमाधम बृक्षरोपण गरिएको छ ।

डिभिजन वन कार्यालय राप्ती मनहरीको नर्सरीमा यसबर्षबाट पहिलोपटक उत्पादन गरिएको सीता अशोकको बिरुवा राक्सिराङ गाउँपालिका वडा नं ३ का विभिन्न धार्मिक, पर्यटकीय र सार्बजनिक जग्गाहरुमा रोप्न थालिएको हो ।

शनिबार बिहान मात्रै पनि राक्सिराङ गाउँपालिका वडा नं ३ जलपरी झरनास्थित खाली भुभागहरुमा सीता अशोकको बिरुवा रोपिएको छ ।

स्थानीय सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहको अगुवाईमा डिभिजन वन कार्यालय राप्ती मनहरीसँगको समन्वयमा झरना परिसरमा ३ सय बिरुवा रोप्ने उद्देश्यसहित बृक्षरोपण थालिएको सामुदायिक वनका अध्यक्ष ज्ञानेन्द्र तामाङले बताउनुभयो ।

उहाँका अनुसार स्थान हेरेर जलपरी झरना परिसर, सिमपानी देवकोट सरिखेत मोटरबाटोका किनारातर्फ बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिइनेछ ।

जलपरी झरना जाने गेट छेउमै बृक्षरोपण गर्दै डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्य र सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङ ।

उता राक्सिराङ ३ कै भ¥याङकाली सामुदायिक वन उपभोक्ता समूहको अगुवाई सीता अशोक बाटिका छेउदेखि सूर्याेदय माविको तल्लो भवन परिसरसम्म सीता अशोकको बिरुवा रोपिएका छन् । सीता अशोक बाटिकादेखि विद्यालय परिसरसम्मको सार्बजनिक नहरको छेउमा सीता अशोकको बिरुवा रोपिएको वन समूहका अध्यक्ष केशव भारतीले बताउनुभयो ।

सीता अशोक बाटिकामा यसअघि करिब एक सयबर्ष पुरानो ठानिएको सीता अशोकका तीनदर्जन बढी पुराना रुखहरु रहेका छन् । अशोकघारी नामले परिचित उक्त स्थानमा भगवान सीता र उनको रेखदेख गरेकी त्रिजटा (राक्षसपक्ष) को प्रतिमा समेत स्थापना गरिसकिएको छ ।

‘हामीले राक्सिराङ ३ लाई सिड सेन्टरको रुपमा विकास गर्न खोजिरहेका छौँ’, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले भन्नुभयो–‘जलपरी झरना, सीता अशोक बाटिका, स्थानीय गुम्बा, चौतारी र सार्बजनिक जग्गाहरुमा सीता अशोकको बिरुवा रोप्नका लागि पहल र सहजीकरण गरिरहेका छौँ ।’

सीता अशोकको बिरुवा नहुने भूगोलहरुमा भने छतिवन, दार, चिउरी लगायतका बिरुवा रोप्न प्रेरित गरिएको उहाँले बताउनुभयो ।

जलपरी झरना उक्लने बाटो परिसरमा बृक्षरोपण गर्दै स्थानीय उपभोक्ताहरु ।

सीता अशोक बाटिका अगाडिको तटबन्धनलाई लक्षित गरी चुर्लिङ बगर क्षेत्रमा २ सय ५० भन्दा बढी छतिवनको बिरुवा रोप्ने गरी भ¥याङकाली सामुदायिक वन उपभोक्तासँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

‘धार्मिक हिसावले, आयुर्वेदिक हिसावले पनि हामीले सीता अशोकको हब राक्सिराङ ३ लाई बनाउन खोजेका छौँ’, आचार्यको भनाई छ–‘हामी सीता अशोकको बीऊमा निर्भर हुने र भारतीय धार्मिक पर्यटकलाई यहाँ भित्र्याउन चाहेका छौँ ।’ ७–८ बर्षभित्रमा आफ्नो लक्ष्य सफल हुने पनि आचार्यले विश्वास ब्यक्त गर्नुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।